दाङ, बैशाख २९
दाङको घोराहीमा बञ्चरो प्रहारबाट दुई जना महिलाको हत्या भएको छ ।
शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका (१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका(२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।
प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका(२ घर भई घोराही उपमहानगरपालिका(१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
२८ बैशाख २०८१, शनिवार ०८:३३ मा प्रकाशित