काठमाडौं, साउन ५
भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा
नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको छ ।
भारत २७
स्वर्ण २० रजत र १३ कास्य पदकसहित भारत दोस्रो बन्यो । श्रीलंका पाँच स्वर्ण १८ रजत र ३१ कास्यसहित टिम तेस्रो
र आयोजक
भुटान पाँच रजत र ३७ कास्य पदकसहित चौथो भएको हो ।
विजेता खेलाडी तथा टिमलाई समापन समारोहका प्रमुख अतिथि भुटानका
राजकुमार जिगेल उग्येन वाङचुक, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, दक्षिण एसियाली कराते महासंघका
अध्यक्ष भरत शर्मा, नेपाल
कराते महासंघका अध्यक्ष युवराज लामा, भुटान कराते महासंघका अध्यक्ष दावा
ल्हाम, नेपाल
कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।
४ साउन २०८१, शनिवार ०६:१७ मा प्रकाशित