सुनसरी , मङ्सिर ४
तराईका जिल्लाहरू छठ पर्व भव्य रूपमा सम्पन्न भएको छ । तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी, सिरहा ,सप्तरी ,धनुषा, महोत्तरी , सर्लाही , बारा पर्सा लगाएका जिल्लाहरूमा विभिन्न नदी, पोखरी तथा तलाउहरूमा घाटहरूमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै छठ पर्व सम्पन्न भएको हो । नदी, तलाउ तथा पोखरीहरूलाई सजाएर झकिझकाउ बनाउनुका साथै छठ पर्वमा व्रतालुका रूपमा उपासना गर्ने सबै धर्मावलम्बीहरूको सहभागिता देख्न्न सकिन्थ्यो । तराइका जिल्लामा मनाइने छठमा बर्षेनी मुख्यतया तराई मधेसका समुदायकासँगै मिलेर अन्य समुदायवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएको दृश्य विगतका वर्षमा भन्दा बढ्दै गएको छ ।
छठपर्वका लागि आइतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ बर्तालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व समापन गरेकाछन ।


इनरुवा ६ मधेशाकी सुनिता थापाले यस वर्ष पनि घर नजिकैको नहरमा छठ मनाउनु भयो । उहाँको परिवारले बर्षेनी तराइमुल्का अन्य ब्यतिmसँग मिलेर छठ मनाउँदै आएको छ ।
छठका लागि गरेको सहयोगले धार्मिक सहिष्णुता बढाएको उल्लेख गर्दै यहाँ तराई मधेसका बासिन्दाले मात्रै्र नभई यहाँका पहाडिया समुदायले पनि सँगै छठ मनाएको सुनसरी रामधुनि छठ सेवा समितिका कमल रौनियारले बताउनुभयो । विशेष गरेर तराईवासीले हर्षोल्लासका साथ मनाइने छठ पर्व हिजो आज सबै धर्मावलम्बीले सामूहिक रूपमा मिलेर मनाएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो । समितिका संयोजक रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका व्यक्ति सहभागी भएको बताउनुभयो । 
३ मङ्सिर २०८०, सोमबार ०१:२० मा प्रकाशित