काठमाडौं, माघ १३
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव
रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा
आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा
हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाले केही दिनयता
कोशी, मधेश, बागमती,
गण्डकी र लुम्बिनी
प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको
उल्लेख गरेको छ । मधेशको सप्तरी तथा
कोशीका तराई भूभाग झापा,
मोरङ र सुनसरीमा केही
दिनयता मन्द शीतलहर चलेको छ ।
१२ माघ २०८१, आईतबार ०७:२५ मा प्रकाशित