काठमाण्डाै, कार्तिक १२
आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७
दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च
अङ्कले उकालो लागेको छ ।
आज जानकी फाइनान्स र दोल्ती पावर
कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर
कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।
आज तीन सय सात वटा कम्पनीका एक
करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज
सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।
११ कार्तिक २०८१, सोमबार ०४:३७ मा प्रकाशित