काभा महिला नेसन्स लिग : इरानलाइ ३-० काे साेझाे सेटमा हराउदै नेपाल फाइनलमा

Jhalkonepal

काठमाडौँ, साउन २२

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो ।

राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो ।

नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ ।

भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगमा नेपालले भारतलाई ३-१ सेटमा पराजित गरेको थियो । भारतमाथि नेपालको यो अहिलेसम्मकै पहिलो विजय थियो ।

प्रतिक्रिया