महोत्तरी, असोज २३
महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव
फेला परेको छ । अन्दाजी २१/२२ बर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला
परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
युवतीको शवको पकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला
प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल जैसवालले वताए । शवको पहिचानको लागि
प्रहरीले खोजी कार्य अगाडी वढाएको छ । महोत्तरीमा युवती हराएको ठाँउ एकिन गरी
पहिचानको लागि प्रयास भैईरहेको प्रहरीले जनाएको छ ।
अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास
अस्पतालमा लागिएको छ । वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको
अनुसार उक्त युवतीको शव विहान ७ वजे फेला परेको थियो । युवतीको शवलाई सामाजिक
संजालवाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भईरहेको अध्यक्ष स्याङवाको भनाई
छ ।