काठमाडै , वैशाख १४
अभिनेत्री केकी अधिकारीको निर्माण एवं
शीर्ष अभिनय रहेको फिल्म 'बोक्सीको घर' आजदेखि प्रदर्शनमा आएको छ। बोक्सी घर
फिल्मलाई सुलक्षण भारतीले लेखन एवं निर्देशन गर्नुभएको छ ।
केकी अधिकारी सहित सुपला सापकोटा, स्वेच्छा राउत,
रमा थपलियालगायत कलाकारहरूले यसमा
अभिनय गरेका छन्।
८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको
घर’ मा आधारित रहेर निर्माण गरिएको फिल्मले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया
पाएको थियो।
यो फिल्मलाई हलले उच्च शो दिएका छन्।
१३ बैशाख २०८१, शुक्रबार ०१:५२ मा प्रकाशित