काठमाडाैं माघ २४
सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना छुटेका छन् ।
प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई चौधरीसहित तीनजनालाइ पक्राउ गरेकाे थियाे ।पक्राउ परेका तिनैजनालाइ बुधबार छोडेको हो । उनीहरु १८ माघमा पक्राउ परेका थिए ।
२३ माघ २०८०, बुधबार १२:४५ मा प्रकाशित