राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Jhalkonepal

काठमाण्डौ , भदौ ३०

   राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट  प्रचण्ड अमेरिकाको न्यूयोर्क जानेछन्।

१८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। 

 भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ।


प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुई जना सुरक्षा गार्ड रहेका छन्।

प्रतिक्रिया