बर्दिया, असार १५
बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर मार्ने चितुवालाई नियन्त्रणमा लिइएको छ ।
डिभिजन वन कार्यालयको टोलीले
पिँजडामार्फत चितुवा नियन्त्रणमा लिएको हो । शङ्कर बस्तीमा खसी, बाख्रा, कुकुरलगायतका
घरपालुवा जनावर मारेपछि केजमा फसाएर चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय
बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभएको छ । वयस्क भाले चितुवा
व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । स्थानीयले गाउँमा
चितुवाले जनावर मारेको सूचना दिएपछि क्यामरा ट्र्याप गरी अनुगमनका क्रममा चितुवा
देखिएपछि नियन्त्रण गरिएको उहाँले बताउनुभयो । केज राखेको दुई
दिनमा चितुवा फसेको हो । स्थानीयले अर्को पनि जोडी चितुवा रहेको वन कार्यालयलाई
सूचना दिएका छन् । त्यसलाई पनि अनुगमन गरी पुनः नियन्त्रणमा लिइने वन कार्यालयले
जनाएको छ । वन्यजन्तु नियन्त्रणमा लिएपछि व्यवस्थापनमा चुनौती रहेको उहाँले
बताउनुभयो ।