पाल्पाको जोर्तेमा गुडिरहेको जिप माथि सुख्खा पहिरो खस्दा तीनजनाको मृत्यु

Jhalkonepal


पाल्पा, भदौ १३ 

पाल्पाको रिब्दीकोट जोर्तेमा  गुडिरहेको जिप माथि सुख्खा पहिरो सहित ढुंगा खस्दा  तीनजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका(७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको प्रहरीले बताएको छ । 

प्रहरीका  अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। घाइतेकोे पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको  छ  । घटनानका सम्वन्धमा थप विवरण आउन बाँकी छ । 


प्रतिक्रिया