सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

Jhalkonepal

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ  गराएका छन् । 

संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त अधिकारीलाई शपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् । 

प्रतिक्रिया