पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Jhalkonepal

काठमाडौं, जेठ १९
सरकारले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

शनिबारदेखि लागू हुनेगरी  पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।



अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

प्रतिक्रिया