शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड

Jhalkonepal


काठमाडौँ , सावन २७

 पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कारोबार भयो ।

आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो । बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबार बजार ९४।५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०।९१ बिन्दुमा अडिएको छ ।यसअघि पौने २४ अर्ब रूपैयाँसम्मको कारोबारको रेकर्ड थियो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

प्रतिक्रिया