कांग्रेसले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन

Jhalkonepal

काठमाडौं , २० चैत

नेपाली कांग्रेसको मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाश शरण महतले बताए ।

भोलि ४ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने महतले बताए । पार्टीभित्र धेरै उम्मेदवारहरू देखिएका छन् । सबैलाई मिलाएर निष्कर्षमा पुग्ने भएर आज निर्णय भएन । भोलि बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने छउनले भने ।

निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ । त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया