यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरू

Jhalkonepal

काठमाण्डाै, पुस २९

सरकारले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सुधार गर्न केही महत्वपूर्ण निर्णयहरू गरेको छ। पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आर्थिक, प्रशासनिक, र कानूनी सुधारका प्रस्तावहरू पारित गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

महत्वपूर्ण निर्णयहरू यस प्रकार छन्:

सुशासन र सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस।

समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ) को अनुदान स्वीकार।

नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ कायम गर्ने स्वीकृति।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने प्रस्ताव।

प्रमुख कर्मचारी सरुवा:
विभिन्न मन्त्रालय र निकायका उच्च अधिकारीहरूको सरुवा:

  • दिनेन्द्र भट्टराई: उपराष्ट्रपति कार्यालय सचिव।
  • भरतमणि सुवेदी: निर्वाचन आयोग सचिव।
  • सुमनराज अर्याल: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव।
  • गणेशप्रसाद पाण्डेय: महालेखा नियन्त्रक।
  • कृष्णहरि पुष्कर: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव।

आर्थिक उत्तरदायित्व अध्यादेश:
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गर्न सिफारिस।

प्रहरी पदोन्नति:
प्रहरी नायब महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र के.सी. लाई अतिरिक्त महानिरीक्षकमा बढुवा।

न्यूनतम समर्थन मूल्य:
आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,८६७.३८ रुपैयाँ निर्धारण।

विधेयकहरू पेश गर्ने स्वीकृति:

  • नेपाल नागरिकता ऐन संशोधन।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण।

विपद् व्यवस्थापन:

  • विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०८१ स्वीकृत।
  • मलेसियामा आयोजना हुने थारु कल्चरल माघी फेस्टिबल २०८१ र साउदी अरबमा हुने श्रम सम्मेलनमा मन्त्रीहरूको सहभागिता स्वीकृत।

1.   पुनःनिर्माण र सुधारका कार्य:

  • २०८१ माघदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया थालनी।
  • सरकारी र निजी संरचनाहरूको पुनःनिर्माणलाई प्राथमिकता।

1.   अन्य प्रशासनिक निर्णय:

  • फ्रेमवर्क एग्रिमेन्ट विथ द ग्लोबल फण्ड टु फाइट एड्स, टीबी, एन्ड मलेरियामा हस्ताक्षर गर्न स्वीकृति।
  • पर्वतारोहणसम्बन्धी छैटौँ संशोधन नियमावली, २०८१ स्वीकृत।

 

प्रतिक्रिया