काठमाण्डाै , बैशाख ४
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ ।
गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो
।
नेपाल आयल निगमका अनुसार पेट्रोलियम
पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको
हुँदा भाउ बढेको हो ।
अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१
रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतकाे चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको
मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै दोस्रो वर्गअन्तर्गतकाे सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ
कायम भएको छ । तेस्रो वर्गअन्तर्गतकाे काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ
कायम गरिएको निगमले जनाएको छ ।