काठमाण्डौं,जेठ ३
पशुपतिको मृगस्थलिमा अनसनरत डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।
उनी वैशाख २९ गतेदेखि अनसनमा बसेका थिए । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि चिकित्सकको सल्लाहअनुसार उनले अनसन स्थगित गरेका छन् ।
माओवादी द्वन्द्वको क्रममा पीडित बनेकाहरूको हातबाट जुस खाएर उनले अनसन तोडेका छन् । उनलाई बुधबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
अस्पतालमै उनले बिहीबार अपराह्न पत्रकार सम्मेलन गरेर अनसन तोडेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित ४ बुँदे माग अघि सारेर डा. केसीले पशुपतिको मृगस्थलिमा २२औं अनसन थालेका थिए ।
२ जेठ २०८१, बिहिबार ०८:२२ मा प्रकाशित