रविलाई प्रहरीले आजै छाड्ने, काठमाण्डौ अदालतमा भोलि उपस्थित हुने

Jhalkonepal

 काठमाडौं, पुस २५

रास्वपा सभापतिलाई प्रहरीले आजै छाड्ने तयारी गरेको छ ।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिए पश्चात रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज नै छाड्ने भएको हो ।

कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

काठमाडौं लगायत अन्य क्षेत्रमा मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेको प्रहरीले जनाएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहितका सातै जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया