६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुईजना पक्राउ

Jhalkonepal

काठमाण्डाैं , असार ५

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुईजनालाई पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ताले जानकारी दिए ।

‘६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो,’ उनले भने, ‘उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।’ उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको प्रवक्ताले बताए ।

प्रतिक्रिया