काठमाण्डाै, कार्तिक १२
काठमाडौंबाट भारतको
दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।
एआई २१६ उडान
नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८
यात्रु रहेका छन् ।
आज सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको
सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारीले जानकारी दिए।
सूचना अधिकारीका अनुसार यसबारे बुझ्ने
काम भइरहेको छ।
‘आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५
जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि
एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड
सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो,’ सूचना अधिकारीले भने।
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले
जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना
आएको हो।
यसअघि कात्तिक ६
गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको
थियो।
तर उक्त जहाजमा साढे तीन घण्टा सर्च
गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो।
पछिल्लो समय भारतका विभिन्न जहाजमा
बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं
घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
यसअघि
कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको
सूचना आएको थियो । तर, उक्त
जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।
काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।
आज सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारीले जानकारी दिए।
सूचना अधिकारीका अनुसार यसबारे बुझ्ने काम भइरहेको छ।
‘आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो,’ सूचना अधिकारीले भने।
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।
तर उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो।
पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।
११ कार्तिक २०८१, सोमबार ०४:५१ मा प्रकाशित