दाङमा जीप दुर्घटना हुँदा सात जना घाइते

Jhalkonepal

 दाङ, साउन २०

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर- १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका रा १ ज ७७० नम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएका छन् ।

त्यस्तै रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन् ।

घाइतेमध्ये टोट्के निवासी केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया