उपनिर्वाचनका लागि बुधबार बाट आचारसंहिता लागु

Jhalkonepal

काठमाडौं , चैत २७

उपनिर्वाचनका लागि बुधबार  बाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगकाे अनुसार इलाम र बझाङमा आचारसंहिता लागु हुने हाे ।

“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,” निर्वाचन आयोगकाेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया