काठमाडौँ , साउन ५
नेपाली कांग्रेसका सभापति शेरबहादुर
देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
बैठक
आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने
गरी बोलाइएको छ ।
सत्ता घटकको मुख्य
दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने
विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो ।
४ साउन २०८१, शनिवार ०९:१८ मा प्रकाशित