तोलामा चार सयले बढ्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । 

प्रतिक्रिया