काठमाडौं, भदौ १६
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी
प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग
सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली
रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी
प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र
चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका
थोरै स्थानहरुमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना
रहेको महाशाखाले जनाएको छ।
१५ भदौ २०८१, आईतबार ०६:५९ मा प्रकाशित