दाङ, भदाै २६
लुम्बिनी प्रदेशसभाको चौथो अधिवेसनको २९ औं बैठक आज बस्दै छ
।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश मामिला तथा
कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त
सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची छ ।
अघिल्लो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको
विधेयकलाई पुनःछलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
समितिको बैठकले केही थप्नुपर्ने विषयहरुलाई समावेश गरेर पुनः
प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको
विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद्
व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित
समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा
बोल्नेसमेत कार्यसूची तयार भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए
।