काठमाडाैं, जेठ ५
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ ।
त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
५ जेठ २०८२, सोमबार १०:४९ मा प्रकाशित