उपचारकाे क्रममा साहित्यकार प्रकट पगेनी ‘ शिव ’ काे निधन

Jhalkonepal

पोखरा,  वैशाख ४

 पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले जानकारी गराए ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

प्रतिक्रिया