काठमाडाैं , माघ २५
सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
२४ माघ २०८१, शुक्रबार ११:५२ मा प्रकाशित