दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई जनही ८ लाख दिने सहमति

Jhalkonepal

दाङ, चैत ११

दाङमा करेन्ट लागेर ज्यान गुमेका तीन जनाको परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भएको छ। घटनाका पिडित परिवारलाइ राहत दिने सहमति भएसँगै पीडित पक्षले बन्द गरेको पूर्व-पश्चिम राजमार्ग खुलेको छ। 

 इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बीमा बापत जनही पाँच-पाँच लाख, जिल्ला विपदबाट जनही दुई-दुई लाख र प्रदेश विपदबाट जनही एक–एक लाख रुपैयाँ दिने सहमति भएको हो। 

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका–३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो

प्रतिक्रिया