भक्तपुर, साउन ३१
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको
मृत्यु भएपछि भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार
दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख
२१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना
हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले
ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको
ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् ।
प्रदर्शनकारी
आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।
दुर्घटनामा
मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले चेपेको
थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनापछि
करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । प्रहरीले शव उठाएर त्रिवि
शिक्षण अस्पताल पठाएको छ ।