काठमाडौं, जेठ १८
आईसीसी टी-२० विश्वकप अगाडिको नेपाल र
अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल
सुरु हुन सकेको थिए।
बिहीबार
राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि
अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने
भएको थियो ।
नेपाल पहिलो औपचारिक अभ्यास खेलमा
क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले अब जेठ २२
गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ
३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका
र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा
विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप
खेलेको थियो ।