जलेश्वर , कार्तिक २१
जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले भारतबाट रु ५० लाख
बराबरका केरा व्यवसायीले भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम
हाटबजारमा रु ५० लाखको केरा ल्याइएको एक व्यवसायीले बताए । पहिले पहिले रु २०–२५ लाखसम्मको केरा
ल्याइने गरिएकामा यस वर्ष रु ५० लाखको केरा ल्याइएको अर्का व्यवसायीले बताए ।
ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा
दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले
रु ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा
यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।
२० कार्तिक २०८१, बुधबार ०९:१६ मा प्रकाशित