काठमाडौं, माघ १२
राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा आज प्रदर्शन भएको छ ।
नेपाल सूचना-प्रविधि समाजको अगुवाइमा शनिबार
काठमाडौंको माइतीघरमा राष्ट्रिय परिचयपत्र
अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन गरिएको हो ।
नेपालीहरुको भविष्य
समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय
परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने
प्रदर्शनमा सहभागीहरुले बताएका थिए । उनीहरुले सबै
नेपाली एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको धारणा राखेका थिए ।
११ माघ २०८१, शनिवार ०६:०३ मा प्रकाशित