काठमाडौं, कात्तिक १३
बारामा एक जना शिक्षकमाथि गोली प्रहार हत्या भएको छ।
मोटरसाइकल चढेर आएका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका हुन्।
उहाको टाउको र घाँटीमा गोली लागेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको िथयाे उहाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका बताइएकाे छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ
१२ कार्तिक २०८०, सोमबार ०२:४३ मा प्रकाशित