पनौतीबाट १८ जना जुवाडे पक्राउ, १ लाख २२ हजार बरामद

Jhalkonepal

काभ्रे- प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १८ जना  जुवाडे लाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रुपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । 


प्रतिक्रिया