बागलुङ, भदौ २९
घर भत्काउनेक्रममा बागलुङको बुर्तिबाङमा च्यापिएर एक जनाको
मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५
वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी
निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम
गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले
जानकारी दिए ।
घरले
पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले
जानकारी दिए ।
२८ भदौ २०८१, शनिवार ०५:१२ मा प्रकाशित