काठमाडौं,कात्तिक ३०
नेपालबाट बङ्गलादेश विद्युत
निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।
शुक्रबार नेपालका तर्फबाट ऊर्जा
जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल, विद्युत मन्त्री मनोहरलाल खट्टर र
बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका
भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत निर्यातको औपचारिक सुरुवात गर्नुभएको छ ।
नेपालबाट पहिलोपटक तेस्रो देशमा
बिजुली निर्यात गरिएको सुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात
गर्दै आएकोमा शुक्रबारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै
तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बङ्गलादेश
निर्यात गरेको छ ।
२९ कार्तिक २०८१, शुक्रबार ०२:२२ मा प्रकाशित