काठमाडौं। शुक्रबार र शनिबार देशका अधिकांश भू-भागमा भएको वर्षा क्रमशः कम हुँदै मौसममा सुधार आउन थालेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम बिस्तारै घटेको छ। विभागले शनिबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘हाल कोसी, बागमती र मधेस प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ। देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।’
यसअघि पछिल्लो २४ घण्टामा केही स्थानमा भारी वर्षा समेत मापन गरिएको थियो।
१४ कार्तिक २०८३, शनिवार ०७:०० मा प्रकाशित