काठमाण्डौ, असार १४
तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको
७३ औं जन्मजयन्ती आज मनाइँदैछ ।
मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध
कार्यक्रम आयोजना गर्दै आएको छ ।
तत्कालीन नेकपा (एमाले)
का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको
दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको
जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
कम्युनिष्ट
आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम
ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।
१४ असार २०८१, शुक्रबार ०७:०६ मा प्रकाशित