शिक्षक महासंघ र सरकारबीच जुटेन सहमति , भोलि फेरि छलफल गर्ने सहमति

Jhalkonepal

काठमाण्डौ , असोज ४ 

 आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीचको बैठक सकिएको छ।

आज साँझदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा दुई पक्षबीच छलफल भएको हो।

बैठकमा  भोलि शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमति भइ आजको बैठक सकिएको हो । अहिले सरकारले बुँदागत रूपमा कुरा राखे पनि पत्र नआएकाले छलफल मात्रै भएको बताइएको हो । 

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति थियो । 

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि आन्दोलनको घोषणा गरेर काठमाण्डौका सडकमा आन्दोलन गरीरहेका छन्। शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले  काठमाडौं केन्द्रित आन्दोलन गरीरहेका छन ।



 

प्रतिक्रिया