सुनचाँदीको मूल्य आज पनि बढ्यो

Jhalkonepal

काठमाडौँ : बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २७५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो  । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया