काठमाडाैं, जेठ ३२
बाराकाे रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट हत्या भएकाे छ ।
गोली लागेर गम्भीर घाइते उहाँको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए । घर जाँदै गरेका उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेकाे बताइएकाे छ ।
३१ जेठ २०८१, शुक्रबार ०८:५५ मा प्रकाशित