काठमाडौं, माघ १२
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफले जितेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो। प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन्।
११ माघ २०८१, शनिवार ०२:३१ मा प्रकाशित