काठमाडाै, चैत १
सुनको भाउ अहिलेसम्मकै उच्च
विन्दुमा पुगेर आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लाे काराेबार भएको दिन अस्ति बुधवार सुनको भाउ
तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ
तोलामा चार हजार रुपैयाँले बढेको हो ।
यसअघि गएको फागुन १३ गते सुनको भाउ
अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
२९ फाल्गुण २०८१, शुक्रबार ०१:५० मा प्रकाशित