एमालेको केन्द्रीय कमिटी बैठक सुरु

Jhalkonepal

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली आएलगत्तै ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बैठक सुरु भएको हो ।

एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा समसामयिक राजनीति, जेन–जी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषय समेटिनेछन् । अन्तरिम सरकारको गठन र संसद विघटनबारेमा पनि प्रतिवेदनमा समेटिनेछन् ।

गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्नेछ । यसैगरी संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । केन्द्रीय सदस्यहरूलाई ‘अल्फाबेटिकल’ आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा। भिष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया