काठमाण्डौ,बैशाख ८
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे खेल शुरु हुनेछ ।
हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।
अन्तिम अपडेट: बैशाख ८, २०८१
७ बैशाख २०८१, शनिवार ०७:१८ मा प्रकाशित