भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको निधन

Jhalkonepal

काठमाण्डाै, भदाै २७

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ ।

केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालामा उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।

ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको थियो । येचुरीको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकार नेतामध्ये एक थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीका महाधिवेशनमा अतिथिका रुपमा सहभागिता जनाएका थिए ।

यचुरी पछिल्लो ३२ वर्षदेखि सीपीएम पोलिटब्यूरो सदस्य थिए । उनी सन् २०१५ देखि पार्टीको महासचिव भएका थिए। उनी संसदीय राजनीतितर्फ सन् २००५ देखि २०१७ सम्म भारतको राज्यसभा सदस्य भएका थिए ।

 येचुरीको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया